दफा २८
विश्वविद्यालयका अन्य पदाधिकारी

(१) विश्वविद्यालयमा क्याम्पस प्रमुख तथा पाठ्यक्रम विकास केन्द्रका प्रमुख लगायत तोकिएबमोजिमका अन्य पदाधिकारीहरू रहनेछन् ।
(२) क्याम्पस प्रमुख तथा पाठ्यक्रम विकास केन्द्रका प्रमुख लगायत अन्य पदाधिकारीहरूको नियुक्ति, पारिश्रमिक, सुविधा, सेवाका अन्य शर्त तथा काम, कर्तव्य र अधिकार तोकिएबमोजिम हुनेछन् ।